२०८३ असार २ गते , मंगलबार
हात्तीले हल्दिबारीमा भत्कायो विद्यालय
झापाभरि दिनहुँ क्षति पुर्याउँदै आएको जङ्गली हात्तीले हल्दिबारीमा एउटा विद्यालयमा क्षति पुर्याएको छ । आज बिहान ७ बजे हल्दिबारी गाउँपालिका– ३ ढडुवामा रहेको पञ्चायत माविभित्र तीन वटा जङ्गली हात्ती प्रवेश गरी स्कुलको इँटा सिमेन्टले बनेको कम्पाउन्ड वाल भत्काई विद्यालयभित्र रहेको क्यान्टिनको अगाडिपट्टिको टिनको छानो र क्यान्टिनको झ्यालसमेत भत्काई क्षति गरेको छ । उक्त हात्तीले अन्दाजी ५० हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।