२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोडमा औषधिको नाममा लागूऔषधको धन्दा : प्रहरीले नाम समेत सार्वजनिक नगरेका मुख्य कारोबारीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग

sajilo news
झापा
२०८२ श्रावण ३ गते , शनिबार
बिर्तामोडमा औषधिको नाममा लागूऔषधको धन्दा : प्रहरीले नाम समेत सार्वजनिक नगरेका मुख्य कारोबारीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग

झापा । ठूलो परिमाणको औषधीजन्य लागूऔषधसहित कामदारलाई मात्र सार्वजनिक गरिएकोमा विभिन्न संघ संस्थाहरूले त्यसका कारोबारीलाई पक्राउ गरी कारबाही गर्न जोडदार माग गरेका छन् । गोदाम घरमा उपस्थित रहेका सहयोगी विनोद घिमिरेलाई मात्र नियन्त्रणमा लिएको र यसका धनी भानुभक्त खरेल फरार रहेकाले तत्काल उनलाई पक्राउ गरी कानुनी कारबाहीको लागि प्रहरी प्रशासनसमक्ष माग गरेका हुन् ।

नेपाल औषधी व्यवसायी संघ झापाले प्रेस विज्ञप्ति जारी गरी सामाजिक विचलन र समाजलाई नै अधोगतितिर धकेल्न उद्यत सनलाइट फर्माका सञ्चालक खरेललाई तत्कालै पक्राउ गर्न र कानुनको कठघरामा उभ्याउन माग गरेको हो ।

त्यस्तै माओवादीनिकट योङ कम्युनिस्ट लीगले पनि प्रेस विज्ञप्ति जारी गरी लागू औषधको मुख्य कारोबारीका रुपमा रहेका खरेललाई पक्राउ गर्न प्रहरीले देखाएको उदासीनताप्रति गम्भीर आशङ्का पैदा भएको जनाएको छ । यदि यस्ता घटनामा दोषी उम्काउने तथा निर्दोष फसाउने खेल भएमा योङ कम्युनिस्ट लीग, नेपाल (वाइसीएल) बिर्तामोड नगर कमिटि सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

बिर्तामोड नगरपालिका–५ स्थित लोटस होटेल छेउमा विशेष सूचनाको आधारमा बिहीबार दिउँसो १ बजेको समयमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले मनकुमार सङ्ग्रौलाको घरमा छापा मारेर ठूलो मात्रामा औषधिजन्य लागूऔषध बरामद गरेको थियो । 

बिर्तामोड–५ निवासी ५० वर्षीय भानुभक्त खरेलले राजनीतिक शक्तिको आडमा सङ्ग्रौलाको घरमा कोठा भाडा लिई लामो समयदेखि औषधीजन्य लागूऔषधको कारोबार गर्दै आइरहेका थिए। स्थानीयले दिएको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर सो कोठाबाट विभिन्न छ प्रकारका झन्डै सवा दुई लाख लागूऔषध ट्याब्लेटसहित खरेलका कामदार अर्जुनधारा नगरपालिका–६ निवासी २५ वर्षीय विनोद घिमिरे पक्राउ परेका छन् । उनी भने अझै फरार छन् । 

यो पनि पढ्नुहोस् :

बिर्तामोडबाट सप्लाई हुन्थ्यो देशका विभिन्न सहरमा लागूऔषध, कामदार पक्राउ, मुख्य कारोबारी फरार

सम्बन्धित समाचार