२०८३ बैशाख १० गते , विहीबार

भद्रपुरमा कार चढेर आएका दुई जना ब्राउनसुगरको कारोबारी पक्राउ

sajilo news
झापा
२०८२ असार ७ गते , शनिबार
भद्रपुरमा कार चढेर आएका दुई जना ब्राउनसुगरको कारोबारी पक्राउ

भद्रपुर । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न दुई जना भद्रपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवती र एक युवक रहेका छन् । उनीहरुको पहिचान प्रहरीले खुलाएको छैन ।  उनीहरुको उमेर २० देखि २४ बर्ष सम्मका रहेको जनाइएको छ ।लागूऔषध ब्युरो काँकडभिट्टा, प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले शनिबार बिहान साढे १० बजेको समयमा उनीहरूलाई भद्रपुर-५ स्थित भद्रपुर भन्सार गेट नजिकैबाट पक्राउ गरेको हो ।

काठमाडौँबाट झापा आएका उनीहरूले भारतबाट ब्राउनसुगर मगाएर लैजाने क्रममा पक्राउ परेको जनाइएको छ । उनीहरू इलोक्टोनिक्स कार चढेर भद्रपुर आएका थिए । उनीहरूको साथबाट प्यालिष्टकसहित अन्दाजी ५२ ग्राम ब्राउन सुगर फेला परेको जनाइएको छ । यसअघि पनि उनीहरू ब्राउन सुगर लिन कहिले भद्रपुर त कहिले काँकडभिट्टा नाका आइरहने गरेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरूलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरूलाई भोलि (आइतबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरी प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । 

सम्बन्धित समाचार