२०८३ असार ५ गते , शुक्रबार
काँचो बाँसमा झन्डा टाङ्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ३:३० बजे भोजपुर नगरपालिका ९ पेम्बा छेउलिङ गुम्बामा स्थायी बसोबास गर्ने ४२ वर्षीय आङतेम्बा शेर्पा गुम्बामा काँचो बाँसमा झन्डा लगाई टाङ्ने क्रममा विद्युतीय लाइनमा छुन गई उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।