२०८३ श्रावण ३० गते , शनिबार
कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट, चैते धान उत्पादनका लागि ३३ करोड
सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको बताए।
उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरु ल्याइएको बताए। उनले किसानका लागि एप निर्माण गर्ने, दूध, मासुजन्य पदार्धमा आत्मनिर्भर बन्ने, विभिन्न क्षेत्र तोकेर कृषिजन्य उत्पादनलाई बढावा दिने बताए।
सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने योजनासहित चैते धान खेतीलाई प्रवर्द्धन गर्ने भएको छ। चैते धान खेतीलाई प्रवर्द्धन र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको छ । त्यसका लागि ३३ करोड बजेट विनियोजन गरिएको बताए।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा