२०८३ श्रावण ३० गते , शनिबार
सिँचाई महसुल पुरै छुट हुनुपर्ने भन्दै झापा गौरादहका कृषकहरूले गरे चक्काजाम
झापाको गौरादहका कृषकहरूले विभिन्न माग राख्दै चक्काजाम गरेका छन् । शनिबार बिहान ७ देखि ८ बजेसम्म गौरादह नगरपालिका –८, चन्दन चोकस्थित पाडाजुँगी–गौरीगंज सडक खण्डमा जोरपल उच्च कृषक समूहको आयोजनामा कृषकहरूले एक घण्टा चक्काजाम गरेका हुन् ।
जोरपल कृषक समूहका अध्यक्ष इन्द्र पोखरेलको नेतृत्वमा करिब ३५ जना स्थानीय कृषकहरूको उपस्थितिमा “सरकारले तोकेको मूल्य पाउनुपर्ने, मल, बीउ, विषादी समयमा पाउनुपर्ने, ट्याक्टर जोताई दररेट कम हुनुपर्ने र कृषि सिँचाई महसुल पुरै छुट हुनु पर्ने” लगायतका ४ सूत्रीय माग राखी प्रदर्शन गरेका छन् ।
हातमा हलो जुवा, कोदालो र विभिन्न माग लेखिएको प्लेकार्डसहित चक्काजाम गरेको प्रहरीले जनाएको छ । चक्काजाम गरेता पनि सवारी साधनहरू सडकको साइड किनाराबाट सुचारु रहेको थियो ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा