२०८३ श्रावण ३० गते , शनिबार
हावाहुरीले झापाको केराखेतीमा ५१ लाखको क्षति
हिजो साँझ आएको हावाहुरीले झापाको बाह्रदशीमा लगाइएको केराखेतीमा ठूलो क्षति पुगेको छ । साँझ ५.३० बजेतिर आएको हावाहुरीले बाह्रदशी गाउँपालिका-७ बत्तीसबिघेमा स्थानीय १५ घरधुरीले अन्दाजी ३० बिघा जग्गामा लगाएको केराको बोटहरू ढाली क्षति पुर्याएको हो । जसबाट अन्दाजी ५१ लाख बराबरको क्षति भएको छ ।
आज बिहान पीडितहरूले इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर स्थलगत रुपमा अवलोकन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा