२०८३ बैशाख २३ गते , बुधबार

राजस्थानलाई हराउँदै आरसीबी तेस्रो स्थानमा उक्लियो

sajilo news
एजेन्सी
२०८२ बैशाख १२ गते , शुक्रबार
राजस्थानलाई हराउँदै आरसीबी तेस्रो स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले घरेलु मैदानमा सिजनको पहिलो जित निकालेको छ। ​  आरसीबीसँग पराजित राजस्थानको भने यो लगातार छैटौं हार हो। जितसँगै आरसीबी ९ खेलबाट १२ अङ्क बनाउँदै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ।

बिहीबार भएको खेलमा बैंगलुरुले राजस्थान रोयल्स माथि ११ रनको रोमाञ्चक जित निकाल्यो। बैंगलुरुलाई महत्वपूर्ण जित दिलाउन जोस ह्याजलवुडको १९ औं ओभर निर्णायक रह्यो। उनले उक्त ओभरमा केवल १ रन मात्र दिएर २ विकेट लिंदै खेल आरसीबीको पक्षमा पारेका थिए। उनले आफ्नो ४ ओभरको स्पेलमा ३३ रन दिएर ४ विकेट हात पारे।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। उसका लागि विराट कोहलीले ४२ बलमा ७० रनको अर्धशतकीय इनिङ खेल्दा देवदत पाडिकलले २७ बलमा ५० रन बनाए। त्य्तै फिल साल्टले २६ रन बनाउँदा टिम डेभिडले २३ रन बनाएका थिए। त्यस्तै जितेश शर्मा २० रनमा अविजित रहे।

जवाफमा राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रनमा समेटियो। उसका लागि यशस्वी जैसवालले ४९ रन बनाउँदा नितिश रानाले २८ रन तथा ध्रुव जुरेलले ४७ रन बनाएका थिए। प्रतियोगितामा आज चेन्नाई सुपरकिङ्स  र सनराईजर्स हैदराबाद भिड्दै छन्।

सम्बन्धित समाचार