२०८२ बैशाख १३ गते , शनिबार
दमकको जनजागरण सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

झापाको दमकमा नेकपा (एमाले) ले आयोजना गर्ने जनजागरण सभालाई पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । एमालेले चैत ३० गते दमक–७ स्थित पशुहाट क्षेत्रमा आयोजना गरिने जनजागरण सभामा १ लाख कार्यकर्ता उतार्ने तयारी गरेको छ ।
झापाका १५ पालिकासहित छिमेकी जिल्लाहरूबाट जनजागरण सभामा सहभागिता रहने जनाइएको छ । गणतन्त्र पक्षधरहरू उक्त कार्यक्रममा सहभागी बताइएको छ । जनजागरण सभाको प्रचारका लागि २९ गते मोटरसाइकल र्लायी आयोजना गरिएको एमाले झापाले जनाएको छ । दमकबाट सुरु हुने र्याली बाह्रघरे–स्कुल चौन – गौरीगञ्ज – गौरादह हुँदै–पाँडाजुँगीमा समापन हुने छ । जनजागरण सभाको पूर्वसन्ध्यामा उक्त कार्यक्रमको आयोजना गरिने एमालेले जनाएको छ ।