२०८२ बैशाख १३ गते , शनिबार

झलनाथ खनालले भने- तीनकुने हिंसात्मक घटना तीन पक्षको कमजोरीमा भयो

sajilo news
झापा
२०८१ चैत्र २४ गते , आईतबार
झलनाथ खनालले भने- तीनकुने हिंसात्मक घटना तीन पक्षको कमजोरीमा भयो

झापा । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तीन पक्षको कमजोरीका कारण तीनकुनेमा हिंसात्मक घटना भएको टिप्पणी गरेका छन् ।

बिर्तामोड –४ स्थित नेकपा (एकीकृत समाजवादी) को जिल्ला पार्टी कार्यालयको सभाहलमा पार्टीनिकट समाजवादी प्रेस संगठन झापाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले पूर्व राजा ज्ञानेन्द्र शाहको महत्त्वाकाङ्क्षा , पूर्व पञ्चहरूको दिवा स्वप्ना र सत्तारुढ दलहरूको अकर्मण्यता र असक्षमताका कारण सो घटना भएको विश्लेषण गरेका हुन् । उनले त्यस दिन सुरक्षाको प्रबन्ध असाध्यै कमजोर रहेकोसमेत दाबी गरे । तीनकुने घटनामा आन्दोलनकारीहरूको अराजकता र सरकारको दमन दुवै देखिएको बताउँदै उनले एउटा पक्षलाई मात्र दोष दिन नमिल्ने प्रतिक्रिया दिए ।

उनले सरकारले एकतर्फी दोष देखाएर उम्कन नमिल्ने भन्दै आफ्नो पार्टी न्यायिक छानबिन आयोग बन्नु पर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे । अहिले हरेक क्षेत्रमा दलाल पुँजीवादी हाबी हुँदै गएकोले सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र वामपन्थी एकता गर्दै वैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको उनको भनाई थियो ।

सम्बन्धित समाचार