२०८२ बैशाख १६ गते , मंगलबार
नेत्रविक्रम चन्द 'विप्लव' झापामा

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द 'विप्लव' झापा आएका छन् । उनी शनिबार साँझ झापा आइपुगेका हुन् । उनलाई नेकपा किरात लिम्बुवान प्रदेश इन्चार्ज दीपेश सी, झापा इन्चार्ज सुमनसिंह सीलगायतका नेता कार्यकर्ताहरू भद्रपुरस्थित चन्द्रगढी विमानस्थल पुगेर स्वागत गरेका थिए ।
उनी अर्जुनधाराको कप्तानवारिमा राति बसेका थिए । आज बिहान सीमा अवलोकन गर्न मेची पारी गएको प्रहरीले जनाएको छ । तीन दिनको झापा बसाइँमा उनी विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ ।