२०८२ बैशाख ९ गते , मंगलबार

गुरुङ समुदाय ‘मे त्हलें प्रीब पर्व’ मनाउँदै

sajilo news
रासस
२०८१ फाल्गुन २९ गते , विहीबार
गुरुङ समुदाय ‘मे त्हलें प्रीब पर्व’ मनाउँदै

चितवन । गुरुङ समुदायले बिहीबार मे त्हलें प्रीब (धनुष-बाण विद्या) पर्व  मनाउँदैछ। परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष-बाण चलाउने विद्या प्राप्त गरेको दिनका रूपमा गुरुङ समुदायमा हरेक वर्ष फागु पूर्णिमाका दिन यो पर्व मनाइन्छ। 

यो पर्वमा धनुष वाण, बर्छा, छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि गरिन्छ। खुकुरीजस्ता घरेलु हतियारको  पूजा गरी खेल शुरु हुन्छ। सिकारी युगमा धनुष वाणको आवश्यकता र महत्त्व धेरै थियो। आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण (गुरुबाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको तमू प्ये ल्हु संघका अध्यक्ष विक्रम गुरुङले बताए।

चितवनको- भरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा  बिहीबारजिल्लास्तरीय धनुष वाण प्रतियोगिता  तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अध्यक्ष गुरुङले बताए  ।

सम्बन्धित समाचार