२०८३ असार ४ गते , विहीबार

बिरिङ पुल बन्द गरिदा हुलाकी राजमार्ग अवरुद्ध

sajilo news
झापा
२०८१ फाल्गुन २७ गते , मंगलबार
बिरिङ पुल बन्द गरिदा हुलाकी राजमार्ग अवरुद्ध

झापा गाउँपालिकाको पन्थापाडास्थित बिरिङ पुलमा आवतजावत बन्द गरिएपछि हुलाकी मार्ग अवरुद्ध हुने भएको छ । यही फागुन २९ देखि आगामी चैत २८ गतेसम्म बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत बन्द गरिने भएको हो ।

झापा गाउँपालिकाले आज एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालयको च.नं. ७६३४, मिति २०८१–११–२६ को प्राप्त पत्र अनुसार मेची–रतुवा सडकस्थित झापा गाउँपालिका वडा नं ५ (पश्चिमतर्फ) र बाह्रदशी गाउँपालिका वडा नं २ (पूर्वतर्फ) सीमामा रहेको विरिङ खोलाको केही बियरिङहरु परिवर्तन गरी नयाँ बियरिङहरु राख्नु पर्ने भएकोले करिब एक महिना बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत कार्य बन्द हुने जानकारी गराएको छ ।

सम्बन्धित समाचार