तेली कल्याण समाज नेपाल झापाको अध्यक्षमा डा. सञ्जय शाह
झापाको बिर्तामोडमा तेली कल्याण समाज नेपालको प्रथम जिल्ला अधिवेशन तथा होली मिलन कार्यक्रम भएको छ । तेली कल्याण समाज नेपाल जिल्ला तदर्थ कार्यसमिति झापाका अध्यक्ष डा. सञ्जय शाहको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उम्देश्वर शाहको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत झापा सह–सचिव राजकुमार शाहले गरेको कार्यक्रमको सञ्चालन सचिव शिवप्रसाद शाहले गरेका थिए । कार्यक्रममा गौरादह नगरपालिकाका निवर्तमान मेयर रोहित शाह, समाजका मोरङ अध्यक्ष डा. बालकृष्ण शाह, सुनसरी अध्यक्ष अवध विहारी शाह, डा. सूर्यनारायण शाहको विशेष आतिथ्य रहेको थियो । दमक, बुद्धशान्ति, कनकाई, अर्जुनधारा, बिर्तामोड, झापा गाउँपालिकामा समिति गठन भइसकेको छ भने अन्य पालिकाहरूका क्रमिक रुपमा गठन भइरहेको बताइएको छ ।
अधिवेशनले समाजको झापा अध्यक्षमा डा. सञ्जय शाह, उपाध्यक्षमा जनार्दन शाह, सचिवमा शिवप्रसाद शाह, सह–सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा लालबाबु शाह र सह–कोषाध्यक्षमा नारायण शाहलाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरी सदस्यमा हरिन्द्र शाह, पूर्णकुमार शाह, बलदेव शाह, कार्तिक शाह तेली, उर्मिला शाह, चन्द्रवति शाह, पङ्कज शाह, हिरामन शाह, सन्तोष शाह, सुनिता शाह, राजेश शाह, डम्बरनारायण शाह, सुमन शाह, रामचन्द्र शाह, विजयकुमार शाह र सुरेश शाहलाई सर्वसम्मत चयन गरेको छ । समिति चयनसँगै शपथ ग्रहणसमेत गराइएको छ ।
कार्यक्रममा समाजका रेखा शाह, सुमनलाल शाह, मैथिली समाज दमकका अध्यक्ष कृष्णलाल शाहलगायतको बाक्लो उपस्थिति रहेको थियो । अधिवेशनपछि होली मिलन कार्यक्रम गरिएको थियो । होली मिलन कार्यक्रममा एकअर्कामा रंग लगाएर नाचगान साथै विभिन्न परिकार खुवाइएको थियो ।