२०८३ असार ४ गते , विहीबार
कारको ठक्करबाट घाइते राजवंशीको मृत्यु
चार दिनअघि कारको ठक्करबाट घाइते भएका मोरङ विराटनगर- ४ बस्ने २४ वर्षीय किसान राजवंशीको निधन भएको छ । नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज साँझ ६.३० बजे मृत्यु भएको हो ।
फागुन २२ गते राति ११ः५५ बजे विराटनगर –३ दूध फारमनजिक कोशी राजमार्गमा को १ च ७११८ नम्बरको कारले ठक्कर दिई उनलाई घाइते बनाएको थियो । कार र चालक विराटनगर ४ बस्ने ५४ वर्षीय पुष्प सुनुवारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।