२०८३ असार ४ गते , विहीबार

सशस्त्र प्रहरीद्वारा भद्रपुरबाट दुई लाखको सामान बरामद

sajilo news
झापा
२०८१ फाल्गुन २६ गते , सोमबार
सशस्त्र प्रहरीद्वारा भद्रपुरबाट दुई लाखको सामान बरामद

भद्रपुर । सशस्त्र प्रहरीले भद्रपुरबाट अन्दाजी दुई लाख मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएका टोलीले विशेष सूचनाको आधारमा सोमबार बिहान साढे २ बजेको समयमा भद्रपुर- ३ स्थित झोलुङ्गे पुल आसपासको क्षेत्रबाट सो मुल्य बराबरको सामान बरामद गरेको हो ।

बरामद गरिएको सामानमा भारतीय ब्रान्डका खैनी, बिडी, सलाई, रासायनिक मल, प्यालिष्टका प्याकेट, खाद्य सामग्री, मोटरपार्टस लगायत ९ वटा साइकल रहेका छन् । बरामद गरिएको सामानलाई भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । 

सम्बन्धित समाचार