२०८३ असार ४ गते , विहीबार

उदयपुरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

sajilo news
झापा
२०८१ फाल्गुन २६ गते , सोमबार
उदयपुरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

उदयपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ । हिजो साँझ ६:५० बजे उदयपुरको त्रियुगा नगरपालिकामा गाईघाटबाट मुर्कचीतर्फ जाँदै गरेको प १–०५–००१८ ८३२९ नम्बरको मोटरसाइकलले पैदल यात्री महिलालाई ठक्कर दिएको थियो ।

घाइते भएकी त्रियुगा ८ राजावास बस्ने खड्कबहादुर कार्कीकी श्रीमती ६५ वर्षीया टिकामाया कार्कीलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेर विराटनगर लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार