२०८३ असार ४ गते , विहीबार

मानव सेवा आश्रममा एक व्यक्तिको मृत्यु

sajilo news
झापा
२०८१ फाल्गुन २५ गते , आईतबार
मानव सेवा आश्रममा एक व्यक्तिको मृत्यु

झापाको मेचीनगर नगरपालिका-४ बाहुनडाँगीस्थित मानव सेवा आश्रममा एक व्यक्तिको मृत्यु भएको छ । गत कात्तिक २८ गते मानव सेवा आश्रमका कर्मचारी खगेन्द्र बि.क.ले निन्दा खोलाबाट वतन नखुलेका बेवारिसे पुरुष अन्दाजी ६६ वर्षका गिरीराज मानवलाई उद्धार गरी आश्रममा लिएर गएका थिए । आज दिउँसो २.२० बजे आश्रममा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी टोली खटिएर कानुनी प्रक्रियालगायत अन्य थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार