२०८३ असार ४ गते , विहीबार
राजधानीमा राजावादीको शक्ति प्रदर्शन, विमानस्थल ओर्लिएका पूर्व राजाको भव्य स्वागत
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइपुगेका छन्। आइतबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका राजालाई विमानस्थलको गेटदेखि नै राजाका समर्थक र विभिन्न समर्थकहरूको र्यालीले भव्य स्वागत गरेको छ।
राजालाई स्वागत गर्न दिउँसैदेखि राजावादी विभिन्न स्थानमा भेला भएर र्यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए। र्यालीका क्रममा गाडीमा उभिएर पूर्वराजा शाहले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गर्नुका साथै हात हल्लाएर खुसी व्यक्त गरेका छन्।