२०८३ असार ४ गते , विहीबार
आगलागीमा परी घाइते भएका मेचीनगरका राईकाे उपचारकाे क्रममा मृत्यु
मेचीनगर । १७ दिनअघि आगलागीमा परी घाइते भएका झापा मेचीनगरका बिरेन्द्रराज राईको उपचारको क्रममा आज मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका- ४ स्थित आमडाँगीका राई गत फागुन ९ गते राति ९ः१० बजे घरको पूजा कोठामा अचानक विद्युत् सर्ट भई कोठाभित्र सल्किएको आगो निभाउने क्रममा घाइते भएका थिए । दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेर घाइते भएका राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।
त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होममा लगिएको र आज बिहान ३ः३० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।