२०८३ असार ४ गते , विहीबार

करेन्ट लागेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८१ फाल्गुन २५ गते , आईतबार
करेन्ट लागेर एकजनाको मृत्यु

धनकुटामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । हिजो साँझ ७ बजे धनकुटा महालक्ष्मी नगरपालिका वडा नम्बर १ देउराली बस्ने अन्दाजी ६० वर्षीय सोबितमान खड्काको करेन्ट लागेर मृत्यु भएको हो ।

घरबाट २०० मिटर टाढा घरायसी काम गर्ने क्रममा विद्युतको पोलमा लगाएको स्टेण्ड तार (विद्युतको पोल अड्याउन पोलमा बाँधेर माटोमुनि गाडेको तार)बाट करेन्ट लिक भई खड्कालाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार