नेपाल-भारत मैत्री संघ झापाको अध्यक्ष पुनः रेग्मी
नेपाल-भारत मैत्री संघ झापा शाखाको अध्यक्षमा पुनः प्रदीपमणि रेग्मी चयन भएका छन् । आज सम्पन्न संघको तेस्रो जिल्ला अधिवेशनमा अध्यक्ष पदमा रेग्मीको एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।
निर्वाचन अधिकृत गोपाल गिरीका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, उपाध्यक्षमा शिवकुमार राजभण्डारी, महासचिवमा शर्मिला अधिकारी, सचिवमा शिला खड्का, कोषाध्यक्षमा अजय साहेवाला र सहकोषाध्यक्षमा अनिता रिजाल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा पार्वती गुरागाईँ ओझा, नीरज पराजुली, गोपाल श्रेष्ठ, निर्मल प्याकुरेल, विनयकुमार गोयल, ईश्वर अधिकारी, गोविन्द कोइराला, सुरेशकुमार मित्तल, भेषराज ढकाल, हरिकृष्ण अग्रवाल, उर्मिलाकुमारी गौतम, देवेन्द्र गौतम, रामु सिंह, धनप्रसाद शिवाकोटी, भक्त खवास, उषा राजवंशी, परवीन अलि, राजेश्वर आचार्य र प्रदीप सरावगी रहेका छन् ।
त्यसैगरी केन्द्रीय प्रतिनिधिहरूमा टिकाराज ढकाल, हुलासचन्द्र सरिया, दीपेश ढकाल, चन्द्रमणि पौडेल, कृष्ण दाहाल, शिवकुमार गुप्ता, आदित्य पराजुली, सुरज खत्री, गणेश पोखरेल, भारतेन्दुकुमार मल्लिक, शुष्मा सिन्हा मल्लिक, पुष्प पोखरेल, रुद्र भुर्तेल, लोकनाथ भट्टराई, राजु दाहाल, यमबहादुर श्रेष्ठ रहेका छन् । संघका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रमुख अतिथि कोसी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीले गरेका थिए ।