२०८३ असार ४ गते , विहीबार

काबेली खोलाले बगाउँदा एक कामदारको मृत्यु

sajilo news
ताप्लेजुङ
२०८१ फाल्गुन २४ गते , शनिबार
काबेली खोलाले बगाउँदा एक कामदारको मृत्यु

ताप्लेजुङ सिरिजङ्गा गाउँपालिका-४ तेल्लोकस्थित काबेली खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । आज बिहान १० बजे काबेली खोलाले बगाएर मृत्यु भएका ४७ वर्षीय धनप्रसाद भण्डारीको शव फेला परेको हो । ताप्लेजुङ सिदिङ्वा ६ मेहेले घर भई हाल सिरिजङ्गा-४ सिबुदिन बस्दै आएका भण्डारी हिजो बिहान अपर काबेली हाइड्रोपावरमा ज्यामी काम गर्न गएकोमा बेलुका घर फर्केका थिएनन् ।

 सिरिजङ्गा-५ पेदाङस्थित मुखतुराको भीरबाट लडेर काबेली खोलामा पसेका भण्डारीलाई खोलाले बगाएर लगेको थियो । खोलाले बगाई करिब १०० मिटर दक्षिणतर्फ पु¥याई ढुङ्गाको चेपमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई शव गृहमा राखिएको छ ।

सम्बन्धित समाचार