दुबईले भिजिट भिसामा कडाइ गरेपछि मानव तस्करको ट्रान्जिट पोइन्ट ओमान
भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा खुलमखुला मानव तस्करी हुने गरेको खुलासा भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका आधारमा नेपालबाट विशेष गरी खाडी मुलुकतर्फ नेपाली महिलाहरूको अवैध तस्करी भइरहेको प्रहरी स्रोतको दाबी छ ।
भिजिट भिसामा हुने मानव तस्करी नरोकिएपछि प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो नै केही समय खटाएपनी त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको संयम प्रहरी बताउँछ । विमानस्थलबाट भिजिट भिसामा दुबईमा मात्रै दैनिक २५० जनाभन्दा धेरै मानव तस्करी हुन थालेपछि ब्युरोले डेढ वर्षअघिबाटै टोली परिचालन गरे पनि अध्यागमन कर्मचारीले विरोध गरेपछि फिर्ता भएको थियो ।
तर, पछि अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन गर्न लागिएको थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन हुदैं कुवेत, दुबई , साउदी अरविया , कतार ,सिरिया , इराक , बहराइनमा नेपाली महिलाहरूको तस्करीको क्रम निरन्तर बढी रहेको छ । दुबई सरकारले भिजिट भाषामा कडाइ गरेपछि विभिन्न नेपालका ट्राभल एजेन्सीहरूले ओमनलाई ट्रान्जिट प्वाइन्ट बनाएर मानव तस्करी गर्ने गरेको प्रहरीले बताएको छ ।
नेपालका विभिन्न एयरलाइन्स कम्पनीहरू को संलग्न मा मानव तस्करी गर्ने गरिएको छ । कुवेत एयरवेज र जजिरा एयरवेजमा विशेष गरी मानव तस्कर हुने गरेको पाइएको छ । काठमाण्डौंबाट कुवेत , कुवेत बाट कतारको टिकट जारी भए पनि विचमा कुवेत ट्रान्जिट भएकाले ती महिलाहरू कुवेत मै बाहिर निस्कने गरेका छन । यसमा एलाइन्सको मिले महतोमा मानव तस्करी हुने स्रोतको दाबी छ ।
२०७३ सालबाट खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा जान सरकारले रोके पनि दिन प्रतिदिन महिलाहरू खाडी मुलुकमा दैनिक जसो विभिन्न माध्यमबाट गैर कानुनी रुपमा महिलाहरू तस्करीको सिकार भइरहेका छन । विशेष गरेर ग्रामीण क्षेत्रका महिला एवम् किशोरीहरूलाई रोजगारीको प्रलोभनमा तस्करी गर्ने गरिएको छ । सरकारले भिजिट भिषामा जानको लागी ६ बुद्धे मापदण्डलाई आधार बनाएर काठमाण्डौंका विभिन्न ट्राभल एजेन्सीले महिलाहरूलाई खाडी मुलुकमा पुराइरहेका छन ।
सरकार जारी गरेको ६ बुँदे मापदण्ड २०८० माघ १० गते देखी लागु हुने गरी भिजिट भिषा तथा पर्यटक भिषा मा विदेश यात्रामा आवश्यक कागजपत्रहरू विवरण तोकेको भएपनी त्यसलाई नै नक्कली बनाउने गरिएको छ । प्रहरीका अनुसार दुबईमा मात्रै कम्तीमा दैनिक २५० महिलाको तस्करी हुन्छ । जसका लागि प्रयोग हुने भिजिट भिसा हो । पहिला भिजिट भिसामा दुबई जानेका लागि प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट अनिवार्य गरिएको थियो ।
तस्कर समूहले यस्ता कागजात नक्कली बनाएर पठाउने गरेको थियो । जसमा अध्यागमनका कर्मचारीसँग पनि सेटिङ मिलाउनुपर्थ्यो । अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ । जसमा विगतमा जस्तो धेरै खर्च पनि नलाग्ने भएकाले तस्करी थप सहज भएको छ । तस्करले सहजतामा खेलेर मानव तस्करी गरिरहेका छन् ।
नेपाल सरकारले २०८० माघ १० गते देखी लागु हुने गरी गरिएको भिजिट भिषाको कार्यविधिमा टेकेर विभिन्न दलाल , विभिन्न ट्राभल एजेन्सीले मानव तस्करी गर्नको लागी नेपाली महिलालाई खाडी मुलुकमा अवैधानिक रुपमा पठाइरहेको छ । यस ६ बुद्धे मापदण्डमा दुई तर्फी हवाई टिकट नक्कली हुने गरेको तथ्य फेला परेको छ ।
यसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलका एयर लाइन्सका कर्मचारीहरू प्रत्यक्ष रुपमा विभिन्न ट्राभल एजेन्सीका सञ्चालक, मानव तस्कर गर्न सघाउने दलालसँग प्रत्यक्ष संलग्नता भई एक तर्फी मात्र हवाई टिकटमा बोडिङ पास जारी गरी महिलाहरू पठाउन संलग्न भएको र विभिन्न ट्राभल एजेन्सीका सञ्चालक सँग एक जना महिला पठाउन एलाइन्सका कर्मचारीले १० हजार सम्म रकम असुल्ने गरेको यसमा दुई तर्फी टिकटमा एक तर्फी टिकटमा बोडिङ पास जारी गरिने र रिटन टिकट नक्कली बनाउने गरिएको पाइएको छ ।
मापदण्डमा अनिवार्य रुपमा ५०० डलर हुने भनिएता पनि ५०० अमेरिकी डलर विना नै एलाइन्सका कर्मचारीले बोडिङ पास जारी गर्ने गरेको विना डलर महिलाहरूलाई बोडिङ पास जारी गरिने गरिएको छ । यसमा प्रत्यक्ष रुपमा एयरलाइन्सका कर्मचारीको संलग्नता भएको हुन सक्ने आशङ्काहरू प्रशस्तै रहेका छन । भिजिट भिषामा भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्त सँग रहने भएका एका घरका तिन पुस्ते नाता खुल्ने सम्पूर्ण प्रमाणहरू नक्कली हुने होटेल बुकिङ विभिन्न अनलाइनबाट नक्कली बनाउने गरिएको छ ।
यी सबै मापदण्डलाई टेकेर भिजिट भिषामा दैनिक जसो २०० जना महिलाहरूको मानव तस्कर हुने गरिएको छ । यसमा अध्यागमन विभाग ,गृह मन्त्रालय , विभिन्न एयरलाइन्स का कर्मचारी सबैको संलग्न भएको आशङ्का गर्ने ठाउँ प्रशस्तै रहेका छन जसमा लाई नियन्त्रण गर्ने दायित्व गृह मन्त्रालयको छ । भिजिट भिषामा सरकारले लचिलो मापदण्ड बनाएर नेपाली महिलालाई घरेलु कामदारमा पठाइरहेको कारण विभिन्न नेपालीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कामदारले विभिन्न समस्या भोग्नुपरेको छ ।
श्रम स्वीकृति लिएर पठाउनु पर्ने मा भिजिट भिसा पठाएकोले ती महिला कति गए , कहाँ गए , के गर्दै छन भन्ने यकिन तथ्याङ्क सरकारी निकाय सँग नहुने भएकाले यो भिजिट भिसालाई कडाइ गरी जान चाहने इच्छुक महिलालाई श्रम स्वीकृति प्रद्धान गरी खाडी मुलुकमा महिला घरेलु कामदारमा पठाउँदा सरकार सँग यकिन तथ्याङ्क हुने भएकाले सो बमोजिम गर्न जरुरी छ ।
खाडी मुलुकमा २०७३ साल देखी हाल सम्म २ लाख नेपाली महिला घरेलु कामदारमा अवैधानिक रुपमा गएको पाइएको छ । अवैधानिक रुपमा ती महिलाहरू जाँदा सरकार सँग यकिन तथ्याङ्क समेत नहुने र ती महिलाले विभिन्न तरिकाले शारीरिक,यौन, श्रम श्रोषण भोग्नु परेको छ । गृह मन्त्रालय, श्रम मन्त्रालय, अध्यागमन विभाग र सुरक्षा निकायहरू मिलेर यो समस्या नियन्त्रण गर्न गम्भीर रूपमा लाग्नुपर्ने देखिन्छ।