२०८३ असार ४ गते , विहीबार
उदयपुरमा अटोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
उदयपुरमा अटोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा शुक्रबार साँझ अटोसँग ठोक्किएर मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका-७ बस्ने २६ वर्षीय अजय लिम्बूको मृत्यु भएको हो।
प्रदेश १-०५-०० ह ०३१० नम्बरको अटो रोकेर यात्रु उतारेपछि घुमाउने क्रममा तीव्र गतिमा आउँदै गरेको प्रदेश १-०२-०४ प ५७४३ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक लिम्बूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले अटो चालक त्रियुगा नगरपालिका–७ चुहाडे बस्ने ३८ वर्षीय भुसीलाल दनुवारलाई नियन्त्रणमा लिएको छ।