२०८३ असार ४ गते , विहीबार

थाइल्याण्डमा अलपत्र परेका २० जना नेपाली

sajilo news
झापा
२०८१ फाल्गुन २४ गते , शनिबार
थाइल्याण्डमा अलपत्र परेका २० जना नेपाली

थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार स्वदेश फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी हिजो नेपाल फर्काइएको जानकारी दिएको हो।  

गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी पलाउ भन्ने देशमा पठाउन भारतको नयाँदिल्ली हुँदै थाइल्याण्ड पुर्‍याइएको थियो। त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ। 

राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेर विदेश नजान पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ। 

बैंककस्थित नेपाली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कम्बोडिया, लाओस, म्यानमार र कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि मापदण्ड विपरीत नजान दूतावास सबैमा अनुरोध गर्दछ। 

साथै आमनागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी योगदान गरिदिन नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ।”

सम्बन्धित समाचार