२०८३ असार ४ गते , विहीबार

भद्रपुरमा आगलागी, पाँच लाख बढीको क्षति

sajilo news
झापा
२०८१ फाल्गुन २३ गते , शुक्रबार
भद्रपुरमा आगलागी, पाँच लाख बढीको क्षति

भद्रपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान ५ बजे भद्रपुर नगरपालिका-९ शान्तिचोक बस्ने जगन्नाथ ढकालको टिनको छानो, टाटी बेरा भएको काठको २ तले घरमा आगलागी भएको हो । घरनजिकै रहेको गोठमा बालिएको आगोको झिल्काबाट सल्किएर भएको आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत सम्पूर्ण सामान, एउटा बाख्रा , एउटा गाईको बाच्छी, कुखुरा ३० वटा जलेर नष्ट हुँदा अन्दाजी ५ लाख १९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो बिहान ६ः१५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । सोही घरनजिक रहेको गणेश ढकालको एकतले पक्की घरको झ्यालको ६ वटा सिसा फुटेको र मिटर बक्स जलेर नष्ट हुँदा अन्दाजी १८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार