२०८३ असार ४ गते , विहीबार

साँखु अनाथ आश्रममा मानिस सुतिरहेको अवस्थामा टिपर पस्यो, तीन जनाको घटनास्थलमै मृत्यु

sajilo news
काठमाडौं
२०८१ फाल्गुन २३ गते , शुक्रबार
साँखु अनाथ आश्रममा मानिस सुतिरहेको अवस्थामा टिपर पस्यो, तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडौंको साँखुमा अनाथ आश्रममा टिपर पस्दा तीनजनाको मृत्यु भएको छ।  काठमाडौंको शंकरापुर नगरपालिका ६ सलम्बुटारमा रहेको ​द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (सिभिडिएस)ले सञञ्चालन गरेको आश्रयस्थलमा शुक्रबार बिहान सवा ३ बजे बा २ क ६५८० नम्बरको टिप्पर अनियन्त्रि भएर छिरेको थियो। टहरामा सुतेका १० जनामध्ये तीनजनालाई टिपरले थिचेको र घटनास्थलमै उनीहरूको मृत्यु भएको आश्रयस्थलका अध्यक्ष युवराज थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए। 

उनका अनुसार आश्रय स्थलमा मष्तिष्क घात भएर अलपत्र परेकालाई उद्धार गरी राख्ने गरिएको छ। दुर्घटनामा अन्दाजी १८(१९ वर्षका आकाश र सुमन तथा अन्दाजी ४० वर्ष जतिका मधेशी मुलका हरिजनको मृत्यु भएको थापाले बताए। ‘उहाँहरुको वास्तविक नाम हामीलाई थाहा छैन, उद्धार गरेर ल्याएपछि यहीँ हामीले बोलाउने नाम राख्ने गरेका छौँ’, थापाले भने, ‘आकाश र सुमन दुवै बोल्न सक्दैनथे। हरिजनले अलि अलि मैथीली भाषा बोल्ने गरेका थिए।’ 

चालकले आफू निदाएकाले दुर्घटना भएको जवाफ दिएको थापाले जानकारी दिए। उनका अनुसार एउटै कोठामा सुतेका १० जनाध्ये अरु ७ जना सकुशल छन्। हाल आश्रयस्थलमा ६२ जना रहेको थापाले बताए। 

सम्बन्धित समाचार