२०८३ असार ४ गते , विहीबार

सडक पेटीमा बसेर चटपटे खाइरहेका दिदी-बहिनीको पिकअपको ठक्करबाट मृत्यु

sajilo news
झापा
२०८१ फाल्गुन २२ गते , विहीबार
सडक पेटीमा बसेर चटपटे खाइरहेका दिदी-बहिनीको पिकअपको ठक्करबाट मृत्यु

उदयपुरमा पिकअप भ्यानको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ । आज साँझ अन्दाजी ७ः२० बजे उदयपुर त्रियुगा नगरपालिका  ३ हात्तीमारामा मेनरोडबाट शाखा रोडतर्फ जाँदै गरेको प्र १–०५–००१ च ००९२ नम्बरको पिकअपले घर अगाडी सडक पेटीमा बसेर चटपटे खाइरहेका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी पटेर्वा घर भई हाल त्रियुगा १२ दुर्गा टोल बस्दै आएका ललन दासकी छोरी वर्ष अन्दाजी १४ की अणुकुमारी दास र उनकी बहिनी वर्ष १२ की देवीकुमारी दास रहेकी प्रहरीले जनाएको छ । 

अणुकुमारीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने देवीकुमारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । चालक उदयपुर त्रियुगा ९ बस्ने १८ वर्षीय निर्जल कटुवाल र गाडी जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको जनाइएको छ ।

सम्बन्धित समाचार