२०८३ असार ४ गते , विहीबार
झापामा दुई वटा स्कुल बसमा आगलागी, २० लाखको क्षति
झापाको शिवसताक्षी नगरपालिका ११ दुधेस्थित क्याम्ब्रिज अंग्रेजी माध्यमिक विद्यालयको दुईवटा बसमा आगलागी भएको छ। विद्यालय परिसरमा पार्किङ गरिएका को १ ख २०५० र मे १ ख १८१६ नम्बरका दुईवटा बसमा एकैसाथ आगलागी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार स्थानीयबासी र शिवसताक्षी नगरपालिकाको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न सकेको छैन।
आगलागीबाट अन्दाजी २० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सो विद्यालय प्याव्सन शिवसताक्षी नगरका अध्यक्ष राम सुहाङको एकल स्वामित्वमा छ।