२०८३ असार ४ गते , विहीबार

झापामा दुईजना पुरूष मृत भेटिए

sajilo news
झापा
२०८१ फाल्गुन २१ गते , बुधबार
झापामा दुईजना पुरूष मृत भेटिए

झापाकाे शिवसताक्षी र अर्जुनधारामा दुईजना पुरूष मृत फेला परेका छन् ।

मंगलबार साँझ ५ बजे पाँचथर फिदिम नगरपालिका-७ घर भई बिगत ५ वर्षदेखि शिवसताक्षी नगरपालिका- ७ बस्ने कुमारी शेर्माले संचालन गरेको पाथीभरा माता कृषि सुँगुर फर्ममा काम गर्दै आएका अन्दाजी ४० वर्षीय राजकुमार तामाङ मृत फेला परेका छन् ।

फर्मभित्र आफू सुत्ने कोठामा ढोका खुल्ला राखी सुतिरहेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट टोली खटिएर कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।

त्यस्तै मंगलबार बिहान अर्जुनधारा नगरपालिका- ४ बिरिङ खोलास्थित झोलुङ्गे पुलमुनि पानी जमेको खाडलमा डुबेर एकजनाको मृत्यु भएको छ । बिहान अन्दाजी ७ः३० बजे झोलुङ्गे पुलमुनि पानी जमेको खाडलमा सोही ठाउँ बस्ने अन्दाजी ५८ वर्षीय कृष्ण दाहाल घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल भद्रपुर पठाएको थियो । पोष्टमार्टमपश्चात् मृतककी श्रीमती कुमारी दाहालले शव जिम्मा बुझेको डीएसपी खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार