२०८३ असार ४ गते , विहीबार
अर्जुनधारा नगरपालिकामा बुधवार स्थानीय सार्वजनिक बिदा
अर्जुनधारा नगरपालिकाले भोलि बुधवार स्थानीय सार्वजनिक बिदा दिएका छन्। फागुन २१ सुखानी सहिद स्मृति दिवसको अवसर पारेर नगरपालिकाले बुधवार स्थानीय बिदा दिएको जनाएको छ । नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै भोली स्थानीय बिदा दिएको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक वर्ष फागुन २१ गते मनाउँदै आइएको सुखानी शहिद स्मृति दिवसको अवसरमा मिति २०८१ साल फागुन २१ गते बुधवारका दिन यस अर्जुनधारा नगरपालिका अन्तर्गतका निकाय तथा शैक्षिक संस्थाहरूमा ९ स्वास्थ्य संस्थाको आकस्मिक सेवा तथा प्रसूति सेवा बाहेक० स्थानीय बिदा दिइएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’