२०८३ असार ४ गते , विहीबार

पूर्वका राजवंशी समुदायका पेशाकर्मीहरुको तथ्यांक निकालिने

sajilo news
झापा
२०८१ फाल्गुन १८ गते , आईतबार
पूर्वका राजवंशी समुदायका पेशाकर्मीहरुको तथ्यांक निकालिने

झापा । झापा, मोरङ र सुनसरीमा बसोबासरत राजवंशी समुदायका पेसाकर्मीहरूको तथ्याङ्क निकालिने भएको छ । राजवंशी समुदायका अगुवा पेसाकर्मीहरूको झापाको दोमुखामा भएको परिचयात्मक तथा वनभोज कार्यक्रममा त्यस्तो सहमति भएको हो । राजवंशीहरू विभिन्न सरकारी तथा निजी पेशामा आबद्ध रहेपनि एक अर्कामा परिचय नभएको र उनीहरूको अहिलेसम्म लेखाजोखा पनि नभएकाले आ–आफ्नो क्षेत्रका पेसाकर्मीहरूको विवरण अगुवाहरूले निकाल्ने सहमति भएको कार्यक्रम संयोजक पत्रकार इन्द्रसिंह राजवंशीले जानकारी दिए । उनले सबै क्षेत्रका पेसाकर्मीहरूको तथ्याङ्क निकालिसकेपछि बृहत् भेला गरिने जानकारी दिए । जातीय पेसाकर्मीहरूलाई जोड्न फेसबुक पेज तयार गरिने प्रतिदिन दैनिकका सम्पादक रहेका राजवंशीले जानकारी दिए ।

राज्यको विभिन्न सरकारी निकायमा राजवंशी जातिको पहुँच न्यून छ । त्यस्तै निजी क्षेत्रमा पनि उनीहरूको खासै उपस्थिति रहेको पाइँदैन । माथिल्लो तहसम्म नपुगेका थोरै सङ्ख्यामा रहेका राजवंशी पेसाकर्मीहरूलाई संगठित गर्ने प्रयास नभएकाले अगुवा पेसाकर्मीहरूको प्रतिनिधित्व हुनेगरी स्वस्फूर्तरुपमा परिचयात्मक तथा वनभोज कार्यक्रम आयोजना गरिएको आयोजक टिमका अर्का सदस्य पत्रकार अर्जुन राजवंशीले बताए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशी , कोशी प्रदेश सरकारका खानेपानी , सिँचाइ तथा मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद राजवंशी , राजवंशी जातिमा पहिलो पटक पीएचडी गर्ने डा. एन.एल. राजवंशी , इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक पाण्डव राजवंशी , कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडका शाखा प्रबन्धक दीपककुमार राजवंशी , नेपाल बैंक लिमिटेड गौरादहका शाखा प्रबन्धक अशोककुमार राजवंशी , डा. गौतम राजवंशी , नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत दिलीपकुमार राजवंशी , वरिष्ठ नेत्र अधिकृत ठुमन राजवंशी , नेपाल लाइफ इन्सुरेन्सका एजेन्सी मेनेजर जंगबहादुर राजवंशी , युनाइटेड अजोड इन्सुरेन्सका शाखा प्रमुख प्रशान्त राजवंशी , बिर्तामोड नगरपालिकाका सव इन्जिनियर सडकलाल राजवंशी , नापी कार्यालय दमकका नापी निरीक्षक भुवन राजवंशी , नापी कार्यालय भद्रपुरका सर्वेक्षक अर्जुन राजवंशी , इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायव निरीक्षक रघुनाथ राजवंशी , सशस्त्र प्रहरीको बीओपी लालमाटी गौरीगञ्जका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद राजवंशी , इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी सहायक निरीक्षक सोनीलाल राजवंशी , बिर्तामोड नगर अस्पतालका ल्याब टेक्नोलोजिस्ट इसा राजवंशी , कोचिला न्युज डटकमका सम्पादक आत्माराम राजवंशी, बिर्तामोड नगरपालिकाका लालसिंह राजवंशी , स्वास्थ्यकर्मी सोनिका राजवंशीलगायत राजवंशी समुदायका सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको आयोजक टिमका सदस्य रुपेश राजवंशीले जानकारी दिए ।

कार्यक्रमको उद्देश्यमाथि पत्रकार इन्द्रसिंह राजवंशीले प्रकाश पारेको कार्यक्रममा संविधानसभा सदस्य तथा सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशी , कोशी प्रदेश सरकारका खानेपानी , सिँचाइ तथा मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद राजवंशी , राजवंशी जातिमा पहिलो पटक पीएचडी गर्ने डा. एन.एल राजवंशी , इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक पाण्डव राजवंशी , कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडका शाखा प्रबन्धक दीपककुमार राजवंशी , नेपाल बैंक लिमिटेड गौरादहका शाखा प्रबन्धक अशोककुमार राजवंशी , डा. गौतम राजवंशी , नेपाल लाइफ इन्सुरेन्सका एजेन्सी मेनेजर जंगबहादुर राजवंशी , युनाइटेड अजोड इन्सुरेन्सका शाखा प्रमुख प्रशान्त राजवंशी , बिर्तामोड नगरपालिकाका सव इन्जिनियर सडकलाल राजवंशीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन पत्रकार अर्जुन राजवंशीले गरेका थिए । पत्रकारहरू इन्द्रसिंह राजवंशी , अर्जुन राजवंशी , होटेल व्यवसायी रुपेश राजवंशी , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ हवल्दार ध्रुवराज राजवंशीले कार्यक्रमको संयोजन गरेका थिए ।

सम्बन्धित समाचार