२०८३ असार ४ गते , विहीबार
कन्सर्ट हेर्न हिँडेका इलामका युवक मृत फेला
इलामको करफोकमा आयोजित कन्सर्ट हेर्न घरबाट हिँडेका इलाम नगरपालिकाका एक युवक मृत फेला परेका छन् । शुक्रबार साँझ अन्दाजी ५:४० बजे इलाम नगरपालिका-१० जौबारी बस्ने २३ वर्षीय अभिषेक भण्डारी घरबाट कन्सर्ट हेर्न हिँडेका थिए ।
आज बिहान २:३० बजे घर नजिकैको मेची राजमार्गमा सडकको साइडमा मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा स्थानीयले देखेर उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइपुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको इलाम प्रहरीले जनाएको छ ।