२०८३ असार ४ गते , विहीबार

तीनवटा खसीबाख्रा जलेर मरे, पाँचवटा घाइते

sajilo news
झापा
२०८१ फाल्गुन १६ गते , शुक्रबार
तीनवटा खसीबाख्रा जलेर मरे, पाँचवटा घाइते

झापा । ओखलढुंगामा आगलागीबाट तीनवटा खसीबाख्रा जलेर मरेका छन् भने पाँचवटा घाइते भएका छन् । गएराति ११.३० बजे ओखलढुंगा सुनकोशी –१० गैरीटोल बस्ने बिरबल गिरीको चित्राको बेरा , फुसको छानो भएको एक तले बाख्राको खोरमा अचानक आगलागी भएको थियो । आगलागीबाट उक्त खोरमा बाँधिराखेको ५ वटा खसी र ३ वटा बाख्रामध्ये एउटा खसी र दुईवटा बाख्रा जलेर मरेका छन् भने चारवटा खसी र एउटा बाख्रा घाइते भएका छन् ।

आगो स्थानीयबासीको सहयोगमा आज बिहान १.३५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट ३ लाख ५० हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार