२०८३ असार ४ गते , विहीबार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प, एक कैदी घाइते

sajilo news
झापा
२०८१ फाल्गुन १६ गते , शुक्रबार
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प, एक कैदी घाइते

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६ दशलमव १ म्याग्निच्यूडको भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो।

राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको क्षतिको बारेमा भने विस्तृत आइसकेको छैन।  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार भाग्ने क्रममा लड्दा एक कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको थापाले जानकारी दिए।

यस्तै भोटेकोशी गाउँपालिका-३ दुगुनागढीमा पहिरो गएको जानकारी पाएको उनले बताए। यसैगरी इलाका प्रहरी कार्यालय कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ। ‘अन्यत्रको प्रहरी परिचालन गरी जानकारी लिने काम भइरहेको छ,’ प्रजिअ थापाले भने। भूकम्पको अवधि छोटो भएको हुनाले त्यति क्षति नभएको अनुमान गरेको उनले बताए।

सम्बन्धित समाचार