२०८३ असार ४ गते , विहीबार

बिर्तामोडका व्यवसायी अग्रवालले किन गरे आत्महत्या ?

sajilo news
झापा
२०८१ फाल्गुन १५ गते , विहीबार
बिर्तामोडका व्यवसायी अग्रवालले किन गरे आत्महत्या ?

झापा बिर्तामोडका एकजना व्यवसायीले आत्महत्या गरेका छन् । बिहीबार दिउँसो साढे १२ बजे बिर्तामोड नगरपालिका–५ मित्रनगर टोल बस्ने २५ वर्षीय धिरज अग्रवालले विष सेवन गरी आत्महत्या गरेका हुन् ।

विष सेवनपछि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपश्चात् शव आफन्तले बुझेको जनाइएको छ । आर्थिक लेनदेनको तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने उनलाई चिन्ने मीनप्रकाश उप्रेतीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार