२०८३ असार ४ गते , विहीबार
बिर्तामोडका प्रमुख प्रशासकिय अधिकृत भट्टराईको विदाई, मिश्र आउँदै
बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईलाई बिदाइ गरिएको छ । भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएपछि नगरपालिकाबाट आज बिदाइ गरिएको हो । उनी करिब ३ महिना अघि इलामको सूर्योदय नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आउनु भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले मायाको चिनो प्रदान गर्दै खादा लगाएर बिदाइ गरे । बिदाइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १ गते एकै पटक ५० जना उपसचिवको सरुवा गरेको थियो । बिर्तामोडबाट भट्टराईको पनि नियमित प्रक्रिया अन्तर्गत नै सरुवा भएको हो ।
बिर्तामोडमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सागर मिश्र आउने भएका छन् । मिश्र यही सोमबार नगरपालिकामा हाजिर हुने उपप्रमुख सङ्ग्रौलाले जानकारी दिए ।