२०८३ असार ४ गते , विहीबार

इलाममा पिकअप भ्यान दुर्घटना, १५ जना घाइते

sajilo news
इलाम
२०८१ फाल्गुन १५ गते , विहीबार
इलाममा पिकअप भ्यान दुर्घटना, १५ जना घाइते

इलामको माई नगरपालिका–१ पाल्टार माई खोला पुल नजिकै पिकअप दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् । बिहीबार अपराह्न भएको सो दुर्घटनामा १५ जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएकाहरूलाई माई अस्पतालमा उपचार पश्चात् थप उपचारका बिर्तामोडतर्फ ल्याएको इलामका कार्यवाहक प्रमुख जिल्ला अधिकारी हरि मगरले जानकारी दिए ।
महमाईबाट दानाबारीतर्फ नेपाल मगर संघको एक कार्यक्रमबाट आउँदै गरेका सहभागीहरूलाई लिएर आएको प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेका घाइतेहरू मध्ये ८ जनालाई थप उपचारका लागि बिर्तामोडतर्फ ल्याएको छ । घाइतेहरू माई नगरपालिका– ७ का बासिन्दा भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार