२०८३ असार ४ गते , विहीबार

बिना लाइसेन्स जथाभाबी कुदाउने २२ वटा सिटी र अटोलाई कारबाही

sajilo news
झापा
२०८१ फाल्गुन १५ गते , विहीबार
बिना लाइसेन्स जथाभाबी कुदाउने २२ वटा सिटी र अटोलाई कारबाही

झापा । बिना लाइसेन्स जथाभाबी कुदाउने २२ वटा सिटी रिक्सा र अटोलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले १४ वटा सिटी रिक्सा र ७ वटा अटोलाई कारबाही गरेको हो ।

नियन्त्रणमा लिइएकामध्ये १५ वटाले जरिवाना तिरेको र ८ वटा कार्यालयमै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक गणेश पौडेलले बताए । बिर्तामोडमा सिटी रिक्सा र अटोको चाप अत्यधिक बढेको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार सिटी रिक्सा र अटाले जथाभाबी चलाउने गर्दा दुर्घटना बढेको छ ।

सम्बन्धित समाचार