२०८३ बैशाख २३ गते , बुधबार

गिरीबन्धु चिया बगानभित्र कुहिनको अवस्थामा एक पुरुषको शव फेला 

sajilo news
झापा
२०८१ फाल्गुन १५ गते , विहीबार
गिरीबन्धु चिया बगानभित्र कुहिनको अवस्थामा एक पुरुषको शव फेला 

झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र कुहिनको अवस्थामा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड बसपार्क पूर्वपट्टि फेला परेको मृतक पाँचथर रानीटार-२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । उनको शव बिहीबार बिहान ७ बजेतिर भेटिएको थियो । जीउमा लुगा नलगाएको, जिन्स पाइन्ट लगाएको र खुट्टामा जुत्ता लगाएको अवस्थामा भेटिएको थियो । शवको अवस्था हेर्दा करिब एक साताअघि मृत्यु भएको आशंका प्रहरीले गरेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार