२०८३ असार ४ गते , विहीबार

इलामको जस्बीरे चिया प्रशोधनमा आगलागी, सात करोडको क्षति

sajilo news
इलाम
२०८१ फाल्गुन १४ गते , बुधबार
इलामको जस्बीरे चिया प्रशोधनमा आगलागी, सात करोडको क्षति

इलामको जस्जबीरेमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा आगलागी भएको छ। 

आगलागीबाट करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगलागीबाट उद्योगका सबै मेसिन, तयारी चिया र भवन पूरै नष्ट भएको इलाम प्रहरीले जनाएको छ। मंगलबार साँझ उद्योगमा अचानक आगो लागेको थियो। 

यस चिया उद्योगका सञ्चालक शरद सुब्बा केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्याजेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित भएका थिए।  यस उद्योगबाट ‘स्पेसल टी’ उत्पादन हुँदै आएको थियो। उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो भने युरोपका विभिन्न मुलुकमा निर्यात समेत हुँदै आएको थियो। 

सम्बन्धित समाचार