२०८३ असार ४ गते , विहीबार

झापामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

sajilo news
झापा
२०८१ फाल्गुन १३ गते , मंगलबार
झापामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। मंगलबार दिउँसो १२:५५ को समयमा हुलाकी राजमार्ग अन्तर्गत गौरीगन्ज गाउँपालिका-१ स्थित कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक किनारको पिलरमा ठोकिँदा दुर्घटना भएको थियो। 

दुर्घटनामा परी मोटरसाइकल चालक  शिवसताक्षी नगरपालिका-४ का १७ वर्षीय सुरज राजवंशी घाइते ‍भएका थिए। शरीरको विभिन्न चोट लागेका राजवंशीको उपचारको क्रममा दमक अस्पतालमा २:१५ बज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सम्बन्धित समाचार