२०८३ असार ४ गते , विहीबार

नारायणकाजी श्रेष्ठले झापा घटनाप्रति चितवन पुगेर के भने ?

sajilo news
झापा
२०८१ फाल्गुन १३ गते , मंगलबार
नारायणकाजी श्रेष्ठले झापा घटनाप्रति चितवन पुगेर के भने ?

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन्।मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान उद्घाटन समारोहमा बोल्न सुरु गर्दा अवरोध गरिएको र त्यसले आफूलाई बिझाएको बताएका हुन्। 

प्रचण्डको आग्रहमा आफूले बोल्न सुरु गर्दा मनोवैज्ञानिक रुपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए । उक्त घटनालाई सामान्य रुपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढंगले अघि बढाउन प्रतिबद्ध रहेको बताए। त्यस्तै उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे। 

सम्बन्धित समाचार