२०८३ असार ४ गते , विहीबार

करेन्ट लगाएर माछा मार्ने क्रममा हाल्दिबारीका युवकको मृत्यु

sajilo news
झापा
२०८१ फाल्गुन ११ गते , आईतबार
करेन्ट लगाएर माछा मार्ने क्रममा हाल्दिबारीका युवकको मृत्यु

झापामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । हाल्दिबारी गाउँपालिका–३ घर भएका २० वर्षीय सुशील लिम्बुको करेन्ट लागेर शनिवार राति मृत्यु भएको हो ।  

बुद्वशान्ति गाउँपालिका–१ नमुना बस्तीस्थित दामा खोलामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

सम्बन्धित समाचार