२०८३ असार ४ गते , विहीबार
भद्रपुर नगरपालिकाको १५ औं नगर अधिवेशन सुरु
भद्रपुर । भद्रपुर नगरपालिकाको १५ औं नगर अधिवेशन आजदेखि सुरु भएको छ । आइतबार सम्म सञ्चालन हुने नगरको अध्यक्षता नगर प्रमुख गणेश पोखरेलले गरेका छन् । नगर सभामा चाल आर्थिक वर्ष २०८१।८२ को अर्ध वार्षिक प्रगति कार्य योजनाहरूको समीक्षा र संशोधित बजेट तर्जुमा लगायतका बारेमा छलफल गरिने बताइएको छ ।
नगर सभामा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडाध्यक्षहरू,कार्यपालिका सदस्यहरू, वडा सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेका छन् । नगर सभाको अवसरमा आइतबार भद्रपुरका पत्रकारसहित केहीलाई सम्मान गरिने कार्यक्रम समेत रहेको जनाइएको छ ।


