२०८३ असार ४ गते , विहीबार
उर्लाबारीमा ट्याक्टरको ठक्करबाट झापाका श्रेष्ठको मृत्यु
मोरङको उर्लाबारीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ६ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि सवार झापा कमल गाउँपालिका-३ का ६५ वर्षीय तारानारायण श्रेष्ठको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी-७ अरनिको अस्पतालनजिक को १ त ६७८८ नम्बरको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको स्थानीय अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले बताए । प्रहरी निरीक्षक यादवका अनुसार मोटरसाइकल चालक सामान्य घाइते भएका थिए । उपचारपछि उनी घर फर्किएका छन्।