२०८३ असार ४ गते , विहीबार

म्यानमारबाट ५ नेपालीको उद्धार

sajilo news
झापा
२०८१ फाल्गुन १० गते , शनिबार
म्यानमारबाट ५ नेपालीको उद्धार

अनलाइन स्क्यामिङ (अनलाइन ठगी)मा लगाइएका ५ नेपाली नागरिकलाई म्यानमारको मेवाडीबाट उद्धार गरी आज स्वेदश फर्काइएको छ। बैंककस्थित नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी ‘टाक इमिग्रेसन अफिस मेसोट’ हुँदै थाइल्याण्ड ल्याई ४ जना पुरूष र एकजना महिलालाई नेपाल फर्काइएको जनाएको छ।

सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि पनि राजदूतावासले सबै नेपालीसँग अनुरोध गरेको छ।

सम्बन्धित समाचार