२०८३ असार ४ गते , विहीबार

मेचीनगरमा आगलागी, एक जना घाइते

sajilo news
झापा
२०८१ फाल्गुन १० गते , शनिबार
मेचीनगरमा आगलागी, एक जना घाइते

झापाको मेचीनगरमा भएको आगलागीबाट एक जना गम्भीर घाइते भएका छन् । गएराति ९ः१० बजे मेचीनगर नगरपालिका ४ आमडाँगीका ५१ वर्षीय वीरेन्द्रराज राईको घरको पूजा कोठामा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । उक्त आगो निभाउने क्रममा घरधनी बिरेन्द्रराज राई घाइते भएका हुन् ।

दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेर घाइते भएका राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । प्रहरी चौकी बाहुनडाँगीबाट ३ जनाको प्रहरी टोली खटिएर राति ९ः२५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट कोठाभित्र रहेको लत्ताकपडा आंशिक रुपमा जलेर क्षति भएको जनाइएको छ ।

सम्बन्धित समाचार