२०८३ असार ४ गते , विहीबार

पाथीभरा केबलकार विवाद : गृहले फेरि वार्तामा बोलायो

sajilo news
झापा
२०८१ फाल्गुन ९ गते , शुक्रबार
पाथीभरा केबलकार विवाद : गृहले फेरि वार्तामा बोलायो

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारबाट विषयमा हिजो झडप भएपछि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई फेरि वार्तामा बोलाएको छ। 

त्यहाँ केबलकार निर्माणको विरोधमा आन्दोलन गरिरहेको समूहलाई वार्तामा आउन गृहले आह्वान गरेको गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले जानकारी दिए। केबलकार निर्माण नरोकेसम्म वार्तामा नबस्ने आन्दोलनकारीहरूले बताएका छन्। 

यसअघि वार्ता भएर एक चरणको सहमति भएपछि पनि पुन भाँडिएको थियो। त्यसपछि नो केबलकार समूहले आन्दोलन गरिरहेका छन्। हिजोको झडपमा ११ प्रहरीसहित १३ जना घाइते भएका थिए।

 

सम्बन्धित समाचार